जलस्रोतलाई प्राथमिकतामा राखेर लगानी गर्न गृहमन्त्रीको सुझाव

खबर बुक
  • ख-
  • ख
  • ख+

४ माघ, काठमाडौं ।उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विकासको पहिलो महत्त्वपूर्ण क्षेत्र ऊर्जा तथा जलस्रोत रहेकाले त्यसलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

बिहीवार इप्पान डे कार्यक्रममा सहभागी मन्त्री श्रेष्ठले देशमा रेमिट्यान्स मात्रै भित्र्याउनेतिर नभई विकास हुने कामतिर सोच्नुपर्ने बताएका हुन्। 

यसका लागि पहिलो लगानी जलस्रोतमा हुनुपर्ने उनले सुझाए। त्यसपछि कृषि र पर्यटनसँगै अन्य क्षेत्रमा लगानी गर्न सरकारले सोचिरहेको मन्त्री श्रेष्ठको भनाइ छ। बिजुली उत्पादन गरेर मात्र नभई खपत बढाउनेतर्फ पनि ध्यान दिन आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्