इन्डोनेसियामाथि इराक ३-१ ले विजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २ माघ । एशियन कप अन्तर्गत इराकले विजयी शुरुवात गरेको छ ।

सोमबार राति सम्पन्न समुह डी अन्तर्गतको खेलमा इराकले इन्डोनेसियामाथि ३-१ को जित हासिल गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

इराकको जितमा मोहमद अली, ओसामा राशिद र आयमेन हुसैनले एक एक गोल गरेका थिए । त्यस्तै इन्डोनेसियाका लागि मार्सेलिनो फेरडिनानले एक गोल गरेका थिए ।

यो जितपछि समुह डी मा इराकले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । समुह डी मा जापान र इराकले आफ्नो पहिलो खेल जितेका छन् भने भियतनाम र इन्डोनेसियाले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

अब इराकले अर्को खेल शुक्रबार जापानको सामना गर्ने छ भने भियतनामले इन्डोनेसियासँग शुक्रबारनै खेल्ने तालिका रहेको छ ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्