प्रधानमन्त्री कपः एपीएफ र कर्णाली प्रदेशकाे विजयी सुरुवात

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै एपीएफ क्लबले विजयी सुरुवात गरेको हो । जितको लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ रनमा अल आउट भयो । बागमतीका कप्तान रित गौतमले सर्वाधिक ६६ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । एपीएफको जितमा सन्दीप जोराले गर्दै १ सय १२ रनको शतकीय इनिङ खेले ।

त्यस्तै आइतबार नै भएको अर्को खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा जितको लागि १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले ३३.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

कर्णालीको जितमा हिमान्शुसर्वाधिक ५३ रनको योगदान दिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ४५ ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो ।

पहिलो पटक राउण्ड रोविन लिग फम्र्याटमा सुरु प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्