एनएलजी इन्स्याेरेन्स ५.७८ प्रतिशत लाभांश वितरण गर्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, २९ पुस । एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश दिने घोषणा गरेको छ ।

यस कम्पनीको आइतबार  बसेको सञ्चालक समिति बैठकले ५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको छ ।

आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

जसअनुसार बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई उक्त लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्