एशियन कप: भारतमाथि अस्ट्रेलिया २-० ले विजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २८ पुस । एएफसी एशियन कप फुटबल प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । समुह बी अन्तर्गत शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अस्ट्रेलियाको जितमा ज्याक्सन इर्भिन र् जोर्डन बोसले एक एक गोल गरेका थिए । यो जितपछि अस्ट्रेलियाले समुह बि मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब अस्ट्रेलियाले अर्को खेल सिरियासँग विहिबार खेल्ने छ भने भारतले अर्को खेल उज्बेकिस्तानसँग विहिबार नै खेल्ने तालिका रहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्