काठमाडौं, पुस २४ । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन्।
हिजो सम्पन्न निर्वाचनको आज सार्वजनिक मत परिणाम अनुसार श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरे। श्रेष्ठका प्रतिस्पर्धी सिरिस पन्तले ८४३ मत मात्रै ल्याए।
संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भएका छन्।










