काठमाडौ, २३ पुस । आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा २६.३६ अंक (१.२८ प्रतिशत)ले गिरावट अाएकाे छ । योसँगै नेप्से २०२२.९२ विन्दुमा झरेको छ ।
आइतवार एक करोड ५२ लाख ६८ हजार ३९९ कित्ता सेयर पाँच अर्ब २४ करोड १४ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
सबैभन्दा बढी कमाउनेमा १० प्रतिशतले सेयर मूल्य बढेको तेह्रथुम पावर कम्पनी लिमिटेड छ । अरू सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।











