माघ ८ मा चन्द्रागिरि हिल्सको ‘लकइन पिरियड’सकिदै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, १९ पुस ।माघ ८ मा चन्द्रागिरि हिल्सको ‘लकइन पिरियड’सकिदै छ । यस्तै १ करोड ३८ लाख कित्ता सेयर थप्ने तयारी रहेकाे छ ।

कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता सेयर, ३ लाख ६ हजार ८१९ कित्ता स्थानीय बासीको र ६१ हजार ३६४ कित्ता कर्मचारीको सेयरमा लकइन अवधि सकिन लागेको हो ।

लकइन अवधि सकिएपछि कुल १ करोड ३८ लाख ६८ हजार १८३ कित्ता सेयर बजारमा थपिनेछ । लकइन अवधि सकिएपछि यी सेयर साधारणसरह उहीं मूल्यमा, उहीं कोड नामबाट कारोबार हुने जनाइएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्