एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठले दिए पार्टीबाटै राजीनामा

खबर बुक
  • ख-
  • ख+

बारा, २६ असाेज । एमालेका मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन् ।

सिबिक निजगढ गाँउपालिकाका अध्यक्ष समेत रहेका उनलाई पार्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा- १ ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् ।

पार्टीले स्थानीय नेताकार्यकर्ता र जनभावना विपरित टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनीसँगै उनलाई प्रस्तावक र समर्थकका रुपमा रहेका यमबहादुर खड्का नारयण र गोपालप्रसाद लम्सालले समेत पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । एमाले पार्टीबाट त्रिलेकी चौधरीलाई प्रदेशसभाको टिकट दिएपछि एकबहादुर श्रेष्ठका नेता कार्यकर्ता रुष्ट बनेका छन् ।

यसअघि श्रेष्ठले स्थानीय तहको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्