युएईविरुद्ध टी- २० सिरिजमा अफगानिस्तान २-१ ले विजयी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, १८ पुस । अफगानिस्तानले युएईविरुद्ध टी- २० सिरिज जितेको छ ।

गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा अफगानिस्तान ४ विकेटले विजयी हुदै सिरिज २-१ ले जितेको हो ।

युएईले दिएको १२७ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनाएको थियो ।

यस सिरिजमा पहिलो खेल अफगानिस्तानले ७२ रनले जितेको थियो भने दोस्रो खेल युएईले ११ रनले जितेको थियो ।

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्