सुनको मूल्य तोलामा दुई सयले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, २६ असोज । साताको चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार दुई सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुनको मूल्य ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्