राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ देखि भक्तपुरमा आयोजना हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १५ पुस । नेपाल भारोत्तोलन संघको आयोजनामा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि भक्तपुरमा आयोजना हुने भएको छ ।

संघले आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी पुस २४, २५ र २६ गते राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष÷महिला, युथ पुरुष÷महिलाको विभिन्न वजन समूहमा प्रतिष्पर्धा हुने बताइएको छ । प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ९६, १०२, १०९ र १०९ भन्दा माथीको केजी समूहको प्रतिष्पर्धा हुने छ । त्यस्तैगरी युथ पुरुषमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुने संघका महासचिव तिलक बहादुर राउतले जानकारी दिनुभयो ।

त्यसैगरी जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी भन्दा माथिको तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी माथि तौल समूहका खेलहरु हुने उहाले बताउनुभयो । प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० काँस्य गरी २७० पदक तथा पुरुष युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० काँस्य गरी २७० सहित कुल ५४० पदकको लागि प्रतिष्पर्धा हुने महासचिव राउतले जानकारी दिनुभयो ।

त्यस्तै भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले खेलाडीहरुलाई आफ्नो क्षमता देखाउने अवसरका रुपमा प्रतियोगीता आयोजना गर्न लागिएको बताउनुभयो । आर्थिक मन्दीका बेलमा पनि प्रतियोगीता गर्न लागेको भन्दै चूनौति भएपनि यसलाई निरन्तरता दिने उहाले बताउनुभयो ।

प्रतियोगीतामा अन्दाजी २५० जना खेलाडीहरुले सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिव ८६ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्