१५ पुस, काठमाडौं ।प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर आज हुने भएको छ। कीर्तिपुर मैदानमा आज बिहान साढे ९ बजे हुने खेलमा अपराजित टोली एपीएफले कोशी प्रदेशसँग खेल्नेछ।
कोशी ७ खेलमा ६ खेलमा अपराजित रहँदै १२ अंकसहित दोस्रो स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाएको हो। समूह चरणको खेलमा कोशी एपीएफसँग पराजित भएको थियो। एपीएफ ७ खेलसम्म अपराजित छ।











