सन् २०२३ मा १० लाखभन्दा बढी दश पर्यटक नेपाल भित्रिए

खबर बुक
  • ख-
  • ख
  • ख+

१५ पुस, काठमाडौं । सन् २०२३ मा १० लाखभन्दा बढी दश पर्यटक नेपाल भित्रिएका छन्र ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन् ।सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्‍याइने उल्लेख गरेको थियो । 

सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए । सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्