१४ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि आज ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दैछन् ।
फाइनल खेल दशरथ रंगशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टीमा हराएको थियो ।
पोखरा थण्डर्सलाई टाईब्रेकरमा ४–३ ले हराउँदै धनगढी फाइनलमा पुगेको हो । पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरले धनगढी एफसीसँग उपाधि भिडन्त पक्का गरेको हो।











