डेटिकेटेड फिडर तथा ट्रंक लाइनसम्बन्धी विवाद छिटै समाधान गर्ने प्रधानमन्त्री प्रचण्डकाे आश्वासन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेटिकेटेड फिडर तथा ट्रंक लाइनसम्बन्धी विवाद छिटै समाधान गर्ने आश्वासन दिएका छन् ।

नेपाल उद्योग परिसंघको नेतृत्वमा भेट्न आएका उद्योगीहरुसँग प्रधानमन्त्री प्रचण्डले यस्तो आश्वासन दिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले जानकारी दिए ।

विद्युत् महसुल निर्धारण आयोगले महसुल निर्धारण गर्नुअघि र २०७५ को सुरुमै लोडसेडिङ अन्त्य भइसकेपछिको विद्युत् महसुल लिन नमिल्नुपर्ने आफूलाई पनि लागेको प्रधानमन्त्री प्रचण्डले बताएको उनले बताए ।

उद्योगीहरुले यो विवादको समाधानका लागि मन्त्रिपरिषद्को तहबाट हुन्छ कि प्रधानमन्त्रीकै तहबाट आवश्यक निर्णय गरिदिन उद्योगीहरुले आग्रह गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्