११ पुस, काठमाडौं । प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारले २०८१ देखि २०९१ सम्मलाई कृषि क्षेत्रको लगानी दशकका रुपमाअघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कृषिमा अब परम्परागत ढंगले सोचेर नपुग्ने उनले बताउनुभएको छ । खाद्यन्न प्रणाली तथा कृषि क्षेत्रको रुपान्तरणको लागि कृषि क्षेत्रमा सरकारी, निजी, विकास साझेदार र सहकारी क्षेत्रको लगानी बढाउन कृषि क्षेत्रमा लगानी दशक २०८१ देखि २०९१ नै घोषणा गरी अगाडि बढ्ने सरकारको तयारी रहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले वास्तविक किसानलाई कृषिमा सहुलियत ऋणको व्यवस्था गर्न सरकार लागि परेको पनि बताए ।











