पछिल्लो ५ महिनामा साढे १३ अर्ब बढीको स्मार्ट फोन आयात

खबर बुक
  • ख-
  • ख
  • ख+

१० पुस, काठमाडौं । भन्सार विभागले चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो पाँच महिनामै साढे १३ अर्ब बढीको स्मार्ट फोन नेपाल भित्रिएको तथ्यांक सार्वजनिक गरेको छ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म कुल १३ अर्ब ५९ करोड ९५ लाख ६१ हजार रुपैयाँ बराबरको ९ लाख २ हजार ९ सय ८१ युनिट स्मार्ट फोन नेपाल आयात भएको हो। 

गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा कुल ११ अर्ब २० करोड ८० लाख ९६ हजार रुपैयाँ बराबरको ८ लाख ३ हजार ८१८ युनिट स्मार्ट फोन नेपाल भित्रिएको थियो। 

सरकारले स्मार्ट फोन आयातबाट २ अर्ब ५३ करोड २० लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्