काठमाडौं, ९ पुस । धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । जसमा धनगढीले बाजी मार्यो ।











