रवि लामिछाने माथि खोया प्रहार गर्नेलाई १० दिन थुनामा राख्न अनुमति

खबर बुक
  • ख-
  • ख+

पोखरा, ८ पुस ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार मकैको खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ ।

प्रशासनले सार्वजनिक स्थलमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

लमजुङका सन्तोष रानाभाटले शनिबार पोखरा अंमरसिंह चौरमा चलिरहेको रास्वपाको आम सभामा बोल्दै गरेको सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका थिए ।

सभापति लामिछानेले युवकले प्रहार गरेको खोया आफ्नो सपना पूरा नभएसम्म घरमै सझाएर राख्ने घोषणा गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्