वर्तमान सरकारबाट विकासको सपना देख्न सकिदैनः केपी ओली

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, ८ पुस । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताएका छन्।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगत्तै आज सञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दैअध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्यूह, भ्रष्टाचार र कमिसनतन्त्रलाई निरन्तरता दिन नसकिने बताए ।

उनले मुलुकमा सुशासन दिने शासक चाहिने बताए।

अध्यक्ष ओलीले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्