५ औं महिनामा पनि वैदेशिक व्यापारको मात्रामा गिरावट

खबर बुक
  • ख-
  • ख+

८ पुस, काठमाडौं । चालू आर्थिक वर्षको ५ औं महिनामा पनि वैदेशिक व्यापारको मात्रा घटेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साउनदेखि मंसिरसम्मको अवधिमा वैदेशिक व्यापार खुम्चिएको हो ।

चालू आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको आयात भएको छ । जबकि, गत वर्षको यहि अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको आयात भएको थियो । यो ३.३९ प्रतिशतको गिरावट हो ।

विभागकाअनुसार यस अवधिमा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको निर्यात भएको छ । गत वर्षको यहि अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको निर्यात भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्