नेपाल बैंकद्धारा घडेरी किन्न ऋण उपलब्ध गराउने

खबर बुक
  • ख-
  • ख+

 ८ पुस, काठमाडौं ।नेपाल बैंकले घडेरी कर्जा दिने भएको छ। केही वर्षयता बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जा नदिँदा रोकिएको जग्गा बिक्रीलाई चलायमान बनाउन बैंकले घडेरी कर्जा ल्याएको हो।

यो कर्जाको भुक्तानी अवधि बढीमा २० वर्षसम्म हुने र सरल प्रक्रिया तथा सुलभ ब्याजदरमा बैंकका सम्पूर्ण शाखामार्फत पाइने जनाएको छ।

राष्ट्र बैंकले पछिल्लो समय जारी गरेको निर्देशिका अनुसार जग्गा धितो राखेर  ऋण लिनका लागि ५० प्रतिशतसम्म ऋण पाइने छ। यसअघि काठमाडौं उपत्यका ३० र काठमाडौं बाहिर ४० प्रतिशत मात्र ऋण पाइने गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्