प्राधिकरणले विद्युत् कटौती गरे पछि निजी क्षेत्रले आज धारणा सार्वजनिक गर्ने

खबर बुक
  • ख-
  • ख+

८ पुस, काठमाडौं ।प्राधिकरणले विद्युत् कटौती गरे पछि निजी क्षेत्रले आज धारणा सार्वजनिक गर्ने भएको छ ।

सरकारको यो निर्णय लगत्तै नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएर आपत्ति जनाएको थियो । यस विषयमा निजी क्षेत्रले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । 

प्राधिकरणले शुक्रवार डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै ४ उद्योगको लाइन काटेको थियो ।प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो ।

यी उद्योगहरूबाट कूल ८ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली बिल तिर्न बाँकी रहेको प्राधिकरण स्रोत बताउँछ । पटक–पटक बिजुलीको बिल तिर्न ताकेता गरे पनि नतिरेपछि लाइन कोटेको प्राधिकरणले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्