८ पुस, काठमाडौं ।आज सन्त नेता कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्ती आज परेकाे छ ।
नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्री भट्टराईको शताब्दी जन्मजयन्तीका अवसरमा आज विमर्श सभाको आयोजना गरेको छ कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसानजीको योगदान’ विषयक विमर्श सभा गर्न लागेको हो ।
सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरू र विशिष्ट व्यक्तिहरूले सम्बोधन गर्नेछन् । कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्व मन्त्री नीलाम्बर आचार्य र विश्लेषक सिके लालबिच विशेष अन्तरक्रिया हुने जनाइएकाे छ ।
वि.सं. १९८१ पुस ८ मा जन्मिएका भट्टराईको ०६७ फागुन २० मा निधन भएको थियो ।













