आइएमई ग्रुपको लगानीमा पाथीभरामा केबलकार निर्माण सुरु हुने

खबर बुक
  • ख-
  • ख+

८ पुस, काठमाडौं ।ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरा पुग्ने गरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भएको छ। एक दशकदेखि चर्चामा रहेको पाथीभरा केबलकार निर्माणले अब भने गति लिने भएको छ।आइएमई ग्रुपको ३ अर्ब लगानीमा पाथीभरा केबलकार निर्माण सुरु हुन लागेको हो।

पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोसी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्ने गरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्