पार्टीलाई रुपान्तरण र गतिशिल बनाउन नसके मुलुकको परिवर्तनको रक्षा हुन सक्दैनः प्रधानमन्त्री प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

पुस ७,  काठमाण्डाै । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई रुपान्तरण र गतिशिल बनाउन नसके मुलुकको परिवर्तनको रक्षा हुन नसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै प्रचण्डले माओवादीको नेतृत्वमा नै मुलुकमा परिवर्तन स्थापीत भएको भन्दै पार्टीलाई रुपान्तरण र गतिशिल बनाउन नसके माओवादीको भविष्यका साथै परिवर्तनको रक्षा हुन नसक्ने बताउनुभएको हो ।

माओवादीलाई बलियो बनाएमात्रै मुलुकको परिवर्तनको रक्षा हुन सक्ने उहाको भनाइ छ । प्रचण्डले तीन महिने अभियानले जनआधारमा सुदृढ हुँदै गएको भन्दै फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढङ्गले विचार संश्लेषण गरिने जानकारी दिनुभयो ।

त्यस्तै उहाले काठमाडौं उपत्यकामा रहेको स्ववासीको समस्या हल गर्न नयाँ ऐन ल्याउने र लालपूर्जा बितरणको तयारी भइरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको दावी गर्नुभयो ।

प्रचण्डले माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जसचाहिँ अरुहरुले लिएको जिकिर गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्