प्रदेशलाई अधिकार नदिए कांग्रेसले सिंहदरबार घेर्छ : महामन्त्री शर्मा

खबर बुक
  • ख-
  • ख+

पुस ७,  काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।

आज शनिवार पार्टीकाे बाग्मती प्रदेश सम्मेलनकाे उद्घाटन गर्दै महामन्त्री शर्माले पार्टीकाे प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेशले राखेका मागहरू पूरा गर्न सङ्घीय सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन नआए त्याे बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताउनुभयो ।

महामन्त्री शर्माले रुस–युक्रेनको सेनामा अवैधानिक रूपले नेपालीलाई पुर्‍याउनेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले युद्धमा ज्यान गुमाएका नेपालीको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरूसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह पनि गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्