७ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज लिग चरणको अन्तिम खेलमा वीरगञ्ज युनाइटेड एफसी र एफसी बुटवल लुम्बिनी तथा काठमाडौ रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा बुटवल लुम्बिनी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
आजै अपराह्न ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको भ्याली डर्बी भिडन्त हुँदैछ।













