७ पुस, काठमाडौं । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।
गएराति साउदी अरबमा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोलले हराउँदै सिटीले पहिलो पटक यो उपाधि जितेको हो ।सिटीको जितमा जुलियन अल्भारेजले २ तथा फिल फोडेनले १ गोल गरे ।
सिटी क्लब विश्वकप जित्ने चौथो इंग्लिस क्लब बनेको छ । यसअघि म्यानचेष्टर युनाइछेड, लिभरपुल र चेल्सीले क्लब विश्वकप जितेका थिए ।
तर सिटी एकै क्यालेन्डर इअरमा पाँच उपाधि जित्ने पहिलो इंग्लिस क्लब बन्यो ।











