सरकारलाई समर्थन गरे पनि प्रतिपक्षीको भुमिकामा रहेको -जनमोर्चा अध्यक्ष केसी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष ६ । राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादर केसीले सरकारको कामप्रति आफु सन्तुष्ट नरहेको बताउनुभएको छ । रेडियो काठमाण्डुको कार्यक्रम राइट कर्नरमा कुराकानी गर्नुहुँदै उहाँले २०६२/६३ देखि हाल सम्मका सरकारले जनताको जनचाहाना अनुसार काम गर्न नसकेको बताउनुभयो हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

साथै उहाँले आफु र आफनो पार्टीले देशलाई संघियतामा नलैजाउ भनेर आवाज उठाउँदा ज्यानै मार्ने सम्मको धम्की आएको समेत बताउनुभयो । पत्राकार सम्मेलनमै आफुलाई संघियताको बारेमा बोल्दैन भनेर अभिव्यक्ति दिन र नदिएको खण्डमा मर्न तयार हुनु भन्ने सम्मको धम्की आएको उहाँले बताउनुभयो ।

साथै उहाँले राष्टपतिले आममाफी दिएका व्यक्तिहरुलाई सर्वोच्चले निर्णय उल्टाएर पक्राउ गर्न दिएको निर्देशन जायज भएको बताउनुभयो । उहाँले राष्ट्रपति जस्तो गरिमामा रहेर दोषीहरुलाई आममाफी दिनु गलत भएको बताउनुभयो । उहाँले त्योबेला राष्ट्रपतिलाई मतदान गरेको प्रति पछुतो लागेको बताउनुभयो ।

कुराकानीका क्रममा अध्यक्ष केसीले सरकारलाई समर्थन गरे पनि प्रतिपक्षीको भुमिकामा रहेको पनि बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्