६ पुस, काठमाडौं । यस वर्ष मधेश प्रदेशमा गहुँखेतीका लागि मलको समस्या नहुने भएकाे छ ।
चालु आर्थिक वर्ष २०८०÷८१ को मङ्सिर २७ गतेसम्म डिएपी १६ हजार २३ मेट्रिक टन र युरिया १९ हजार दुई सय ९९ मेट्रिक टन मल जिल्लाहरुमा कोटाअनुसार पठाइसकेको जनाइएको छ ।
यस्तै गहुँबाली उम्रिसकेपछि सिँचाइ गर्ने बेलामा चाहिने युरिया मल पनि केही दिनभित्रै उपलब्ध गराइने कार्यालयले जनाएको छ । मल आइसकेपछि गहुँखेतीका लागि मलको कुनै समस्या नहुने पनि बताइएको छ ।
पर्सा जिल्लामा मात्र युरिया चार हजार सात सय ७० मेट्रिक टन, डिएपी दुई हजार नौ सय ४३ मेट्रिक टन र पोटास चार सय चार मेट्रिक टन मल बिक्री गरिएको छ ।











