काठमाडौं, पुष ४ । अखिल नेपाल फुटबल संघलाई बि डिभिजन क्लवले ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघकोे गएको मंसिर २ गते बसेको कार्य समिति बैठकले बि डिभिजन क्लवहरुमा आवद्ध क्लवहरु मध्ये मध्यपुर युथ एसोशियसनलाई एन्फाले आयोजना गरिने सम्पुर्ण गतिविधिहरुमा सहभागी नगराउने निर्णय सच्याउन माग गर्दै बि डिभीजन क्लवले आज ध्यानाकर्षण पत्र बुझाएको हो ।
साथै एन्फाले उक्त निर्णय तत्काल सच्याउन माग गरेको छ । यदि उक्त निर्णय नसच्याएको खण्डमा एन्फाले आयोजना गर्ने जुनसुकै गतिविधिमा सहभागीता नजनाउने समेत चेतावनी दिएको छ ।













