हमास आक्रमणमा मारिएका नेपालीको परिवारलाई सरकारले १०/१० लाख क्षतिपूर्ति प्रदान

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, पुष ४ । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले १०र१० लाख रूपैयाँ क्षतिपूर्ति दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को गत २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई राहत स्वरुप प्रति परिवार जनही १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको छ ।

त्यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्