प्रधानमन्त्री कप महिला क्रिकेट : बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डाै, पुस ५ ।   प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन भएको खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले पराजित गरेको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो ।

त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १७ रन बनाएको थियो ।

प्रधानमन्त्री कपमा सातवटै प्रदेशको टोलीका अतिरिक्त एपीएफ क्लबको पनि सहभागिता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्