प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि शुरु हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डाै, पुस ५ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि शुरु हुँदैछ ।

प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुन लागेको हो ।

यसअघि प्रतियोगितामा दुई समूह विभाजन गरी शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समीकरणमा हुँदै आएको थियो । तर यस पटकदेखि सबै टोलीले एकअर्कासँग खेल्न पाउनेछन् । शीर्ष चार टोली प्लेअफ खेल्नेछन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आजदेखि काठमाण्डौको कीर्तिपुर र मूलपानीमा हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगितामा हरेक दिन चार वटा खेल हुनेछन् ।

कीर्तिपुरमा दुई र मूलपानी मैदानमा दुई वटा खेल हुनेछन् । लगातार दुई दिन खेलपछि एक दिन विश्राम हुनेछ । सबै खेलहरु बिहान साढे ९ बजे र दिउँसो सवा एकमा शुरु हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्