चेल्सी लिग कपको सेमिफाइनलमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ४ पुस । चेल्सी लिग कप (कारबाओ कप) को सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न लिग कपको क्वाटरफाइनलको खेलमा न्यूक्यासल युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सी लिग कपको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै क्लब १-१ गोलको बराबरीमा रोकिएका थिए । चेल्सीका लागि खेलको ९२औं मिनेटमा मिखाइलो मुड्रिकले बराबरी गोल गर्दै खेलमा फर्काएका थिए ।

त्यसअघि कलुम विल्सनले न्यूक्यासलका लागि खेलको १६औं मिनेटमा नै शुरुवाती गोल गरेका थिए ।

पेनाल्टी सुटआउटमा चेल्सी ४-२ ले विजयी भएको थियो ।

अहिलेसम्म लिग कपको सेमिफाइनलमा चेल्सीसहित एभर्टन र् मिड्ल्सब्रफ पुगेका छन् । क्वाटरफाइनलको अन्तिम खेलमा आज रति लिभरपुल र वेस्टह्याम युनाइटेड खेल्दै छन् ।  

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्