त्रिविको विश्व रेकर्ड कायम, १२ हजार चार सय १५ विद्यार्थी दीक्षित

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, पुष २ । त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । त्रिविले एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो ।

यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । आज सोमवार भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुषाललाई विश्व रेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्