डेङ्गी रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २४

डेङ्गी रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

गत साउनदेखि सुरु भएको डेङ्गी रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३३ हजार ९७५ जना सम्भावित डेङ्गी रोगी देखिएको विवरण प्राप्त भएको छ । मन्त्रालयले आवश्यक सावधानी अपनाउन अपिल समेत गरेको छ ।

दसैंका कारण देशभर मानिसहरूको आवत जावत बढेकाले पनि डेङ्गीका सङ्क्रमितहरू बढेको स्वास्थ्यकर्मिहरूले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्