सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ। सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

अस्ति शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्