एनएसएल फुटबलमा वीरगञ्ज युनाइटेड पोखरासँग पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर ३० । नेपाल सुपर लिग एनएसएल फुटबलमा वीरगञ्ज युनाइटेड पोखरा थन्डर्स सँग पराजित भएको छ । जित सँगै पोखरा दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा तेस्रो जित हात पार्ने क्रममा पोखराले दशरथ रंगशालामा वीरगञ्ज युनाइटेलाई २-१ ले हरायो ।

यो जितपछि ६ खेलबाट ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको धनगढी समान अंक भए पनि पोखरा गोल अन्तरमा पछि रहेको छ । वीरगञ्ज भने ६ खेलबाट ५ अंकसहित आठौं स्थानमै यथावत छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्