अव टेलीकमले शनिवार र सार्वजनिक विदा दिन समेत सेवा दिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २९ । नेपाल टेलिकमले अव आफ्ना ग्राहकको सहजताका लागि शनिवार र सार्वजनिक बिदाका दिनमा समेत सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले आज एक सार्वजनिक सूचना जारी गर्दै आउँदो पुस १ गतेदेखि यो व्यवस्था लागू हुने उक्त व्यवस्था गर्न लागिएको जानकारी दिएको हो ।

तर यो व्यवस्था सुन्धारा स्थित टेलिकमको कार्यालयमा मात्रै लागू हुने उल्लेख गरिएको छ । शनिवार र सार्वजनिक बिदाका दिन बिहान १० बजे देखी साँझ ५ बजेसम्म सुन्धारा काउन्टर खुला रहने जनाइएको छ ।

यसका साथै टेलिकमले आफ्नो केही कार्यलयहरू खुल्ने समय समेत हेरफेर गरेको छ । सुन्धारा, पाटन र चाबहिलस्थित टेलिकमका कार्यालय अब आइतवारदेखि शुक्रवारसम्म बिहान ७ बजे देखी बेलुका ७ बजेसम्म खुल्ला रहनेछन् टेलिकमले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्