२९ मंसिर, काठमाडौं । नेपालको एक मात्र फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) ले आज एउटा कोशेढुंगा पूरा गर्दैछ ।
अहिले राजधानीमा दोस्रो संस्करणको एनएसएल चलिरहेको छ । त्यसमा ललितपुर सिटी एफसी र झापा एफसीबीच आज हुने खेल एनएसएलको ५०औं खेल हुनेछ ।
२०७८ सालमा भएको पहिलो संस्करणमा कूल २५ खेल भएको थियो ।











