निर्यात ७.७, आयात ३.८ प्रतिशतले घटयो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २८ मङ्सिर । मुलुकको निर्यात थप ओरालो लागेको छ। पछिल्लो चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आई ५० अर्ब ५७ करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्