काठमाडौँ, २८ मङ्सिर । कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति (महँगी) ५.३८ प्रतिशत रहेको तथ्यांक सार्वजनि भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको वित्तीय स्थितिअनुसार अघिल्लो वर्षको कात्तिकमा महँगी ८.०८ प्रतिशत थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको ११ प्रतिशतले बढेको छ।











