सुन तोलाकाे २८ सयले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २८ मङ्सिर । पछिल्लो चार दिनदेखि लगातार घटिरहेको सुनको मूल्‍य आज भने ह्‍वात्तै बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार २५० रुपैयाँ निर्धारण भएको छ। यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार सुनको भाउ क्रमशः घटेको थियो। बुधबार छापावाल सुन १ लाख १६ हजार  रुपैयाँ कायम रहेको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्