अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेमा सुुन्तला बगैंचाभित्र रहेको विद्युत् वितरण लाइनको नाङ्गो तार हटाउन थालिएको छ। सुुन्तलाको बगैंचाभित्र रहेको विद्युुत्को नाङ्गो तारका कारण दुर्घटना जोखिम बढेको थियो।
नाङ्गो तारका कारण किसान बगैंचा पस्न डराउने गरेका थिए। नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले सुुन्तला बगैंचाभित्र रहेको नाङ्गो तार हटाउन थालेको दोसल्लेका बासिन्दा अन्नपूूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले जानकारी दिए।











