काठमाडौँ मल अगाडि माइक्रो बसको ठक्करबाट ६ जना घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, मंसिर २७ । काठमाडौँ मल अगाडि माइक्रो बसको ठक्करबाट ६ जना घाइते भएका छन् । आज साँझ साढे ६ बजे तिर बौद्ध जोरपाटी रुटमा चल्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा१ज ६११८ नम्बरको अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु घाइते भएका हुन ।

घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना लगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ भने उनीहरूको पहिचान हुन बाँकी नै रहेको छ । अनियन्त्रित माइक्रो बसले आकाशेधारा रत्नपार्क रुटको बा५ख ८४१३ नम्बरको बसको पछाडिको भागमा ठक्कर दिँदा सामान्य क्षति पुगेको छ ।

माइक्रो बसका चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्