आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ मंसिर । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९÷८० मा १७७ उद्योग बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९÷८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन्। आव २०७८÷७९ मा पर्सामा १५२  उद्योगले  लगत कट्टा गरिएका थिए।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए।

घरेलु तथा साना उद्योग कार्यालयमा  आर्थिक वर्ष २०७९÷८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८÷८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्