म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २७ मङ्सिर । म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग १-० गोल अन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समुह चरणबाट नै बाहिरिएको हो । समुह ए अन्तर्गतको यस खेलमा बायर्नले १-० गोल अन्तरले म्यानचेस्टरलाई पराजित गरेको थियो ।

बायर्नको जितमा किन्ग्स्ली कोम्यानले खेलको ७०औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बायर्न म्युनिख समुह ए मा ६ खेलमा १६ अंकसहित शिर्ष स्थानमा रहेर राउण्ड १६ मा पुगेको छ । साथै समुह ए बाट कोपनहेगन ६ खेलमा ८ अंकसहित दोस्रो हुदै राउण्ड १६ मा पुगेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको भने ६ खेलमा ४ अंक रहेको छ र समुह ए को पुछारमा रहेको छ ।
न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्